श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ १२ गते बिहीबार, २७ जुन २०१९ । आषाढ कृष्णपक्षको दशमी तिथि २७ः३५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती ५ः३२ बजेसम्म, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आगमनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायाको व्यापार व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ व्यापार–व्यवसायमा मन जानेछ । जग्गा जमिन तथा वाहन खरिद होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । कुनै सामान हराउन वा चोरी हुन सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम गर्ने जोश, जा“गर र हिम्मत बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।