श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ १५ गते आइतबार, ३० जुन २०१९ । आषाढ कृष्णपक्षको त्रयोदशी तिथि २३ः३५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र कृतिका ८ः४७ बजेसम्म, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ५ः१३ र सूर्यास्त ७ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनको नयाँ स्रोत पत्ता लाग्नेछ । सानो कामबाट ठूलै उपलब्धि हासिल होला । लाभदायी यात्रा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला । वैदेशिक क्षेत्रमा सफलता मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन –अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम्खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कट पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।