श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने.सं. ११३९ आषाढ १७ गते मङ्गलबार, ०२ जुलाई २०१९ । आषाढ कृष्णपक्षको औंसी तिथि २३ः३५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा ८ः३२ बजेसम्म, उप्रान्त आद्र्रा । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः१३ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । अरूको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । बिछोडिएका साथीसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा कृषिजन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ  । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । अनावश्यक कामको झञ्झटमा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नया“ तथा रमणीय स्थानको भ्रमण होला । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सकिएला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चोटपटक तथा दुर्घटनाको भय होला । हतियार तथा सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक व्यवसायमा मन जानेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।