श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ १८ गते बुधबार, ०३ जुलाई २०१९ । आषाढ शुक्लपक्षको प्रतिपदा तिथि २३ः१७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा ७ः४७ बजेसम्म, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः१४ र सूर्यास्त ७ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । रमणीय स्थानको भ्रमण हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रका काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । यात्रा फलदायी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कार्यक्षेत्रमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । परिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीहरूसित भेट होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा सफलता मिल्ला । राजनैतिक क्षेत्रमा तपाईंको विशेष स्थान रहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । शुभसमाचार पाइएला ।