श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने.सं.११३९ आषाढ १९ गते बिहीबार, ४ जुलाई २०१९ । आषाढ शुक्लपक्षको द्वितीया तिथि २१ः१३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वसु ६ः४२ बजेसम्म, उप्रान्त तिष्य चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१४ र सूर्यास्त ७ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनको क्षेत्रमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । विश्वासपात्रबाट धोका होला । शरीर अस्वस्थ रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।