श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २० गते शुक्रबार, ०५ जुलाई २०१९ । आषाढ शुक्लपक्षको तृतीया तिथि १८ः५७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र तिष्य ५ः२२ बजेसम्म, उप्रान्त मघा । चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१४ र सूर्यास्त ७ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अनावश्यक ठाउँमा ठूलै धनराशि खर्च होला । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्ने जोश–जाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । आफ्नो प्रभुत्व जमाउन सकिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम–नाम र इज्जत कमाउने बेला छ । सामाजिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । दिन उत्तम छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रमम संलग्न भइएला । सानो कामको लागि ठूलै धनराशि खर्चहुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सहजता मिल्नेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । विद्या र बुद्धिको विकास होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक ठाउँमा ठूलै धनराशि खर्च होला ।
(धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइको सहयोग प्राप्त भइरहला । रमणीय स्थानको भ्रमण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको सेवा गर्ने अवसर मिल्ला । प्रेमसम्बन्ध विस्तार हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।