उदयपुर । पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुद अन्तर्गत फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीले जित हात पारेको छ ।
शारीरिक अपाङ्ग भएकाहरूबीच भएको उद्घाटन खेलमा सुनसरीले धनकुटालाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो । सुनसरीबाट १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरे । त्यस्तै १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरेका थिए । दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई जिताए ।
शनिबार बिहान हुने पहिलो खेल उदयपुरले मोरङ्गको सामना गर्दैछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन दृष्टिविहीनहरूबीच डोरी दौड प्रतियोगिता हुने जिल्ला पारा खेलकुद विकास सङ्घका अध्यक्ष चेतबहादुर खड्काले बताए ।