श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २४ गते मङ्गलबार, ०९ जुलाई २०१९ । आषाढ शुक्लपक्षको सप्तमी तिथि ०९ः१३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र हस्ता २१ः२६ बजेसम्म, उप्रान्त चित्रा । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१७ र सूर्यास्त ७ः०० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । साझेदारीका काममा समस्या आउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्नेछ । अनावश्यक कामको झन्झट आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । न्यायिक काममा सफलता मिल्ला । रमण्ीाय स्थानको भ्रमण होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । आर्थिक कारोबारमा राम्रो सफलता मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उक्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । परिवारिक नया“ सदस्यको आगमन होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य व्यस्तताले परिवारिक समय दिन नपाइएला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । शुभसमाचार सुन्नमा आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । अरूको काममा बढी समय दिनुपर्ला । अनावश्यक काममा फसिन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । नया“ कामको अवसर मिल्ला ।