श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २५ गते बुधबार, १० जुलाई २०१९ । आषाढ शुक्लपक्षको अष्टमी तिथि ०७ः०३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र चित्रा २०ः११ बजेसम्म, उप्रान्त स्वाती । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१७ र सूर्यास्त ७ः०० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यमा संलग्न भइनेछ । गन्यमान्य व्यक्तिसित भेट होला
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा समाजसेवामा मन लाग्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म कमाउन तथा समाजसेवा गर्न मन लाग्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचर सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । धार्मिक तथा सामाजिक कार्यक्रममा सक्रिय भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहाला ।