श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ५ गते आइतबार, २१ जुलाई २०१९ । श्रावण कृष्णपक्षको चतुर्थी तिथि ८ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र शतभिषा ५ः४८, उप्रान्त पूर्वभाद्रपदा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः५७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । कला र साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मातृपक्षको विशेष सहयोग मिल्ला । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । सानो कामबाट ठूलैै लाभ मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपार्इंको विजय हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । प्रतिस्पर्धात्मक कार्यमा सफल भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका अधुरा कामकाजहरू सुचारु हुनेछन् प्रेम र मित्रताको बन्धन कसिएला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा मन जानेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । मन प्रसन्न बन्नेछ ।