श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ६ गते सोमबार, २२ जुलाई २०१९ । श्रावण कृष्णपक्षको पञ्चमी तिथि ८ः४६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वभाद्रपदा ५ः४८, उप्रान्त उत्तरभाद्रपदा । चन्द्रमाराशि मीन, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः५७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सावधान रहनु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । साहित्यिक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धी समस्या आइपर्नसक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।