श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ७ गते मङ्गलबार, २३ जुलाई २०१९ । श्रावण कृष्णपक्षको षष्ठी तिथि १३ः३० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरभाद्रपदा १०ः४८, उप्रान्त रेवती । चन्द्रमाराशि मीन, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक झन्झट आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । परिवारमा खुशीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । शरीर अस्वस्थ रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । जागिरमा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईको विजय होला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।