श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ८ गते बुधबार, २४ जुलाई २०१९ । श्रावण कृष्णपक्षको सप्तमी तिथि १३ः५६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रेवती १२ः५३, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ५ः२५ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइको सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुनेछ । रमाइलोमा दिन बित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । सामान हराउने वा चोरी हुनेछ । विश्वासपात्रबाट धोका होला । शरीर अस्वस्थ रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा खासै मन नजाला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । विभिन्न ऐतिहासिक स्थानको भ्रमण हुनेछ । रमाइलो वातावराण्मा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।