काठमाडौं । नेपाली ओपनर ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाएपछि आईसीसी टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले जित निकालेको छ । ज्ञानेन्द्र आईसीसी टि–ट्वान्टी अन्तरराष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका लागि ज्ञानेन्द्रले सर्वाधिक ५१ रनको योगदान गरे । २१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

मलेसियाले नेपाललाई दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभर नेपालले ८६ रन बनाएको हो । नेपालका लागि प्रदीप ऐरीले १२ रन बनाए । यसअघि मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन पूरा गर्यो । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रनको योगदान गरे । भरन्दीप सिंहले २१ रन बनाउँदा अहमेद फिचले ९ रन जोडे ।

मलेसियाका लागि ओपनरमा आएका अनुवर अरुदीन र साफिद सफ्रिद विना रन आउट भए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नेपालका वसन्त रेग्मीले दुई विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए ।