एजेन्सी । चिलीविरुद्धको तेस्रो स्थानका लागि भएको  खेलमा रातो कार्ड पाएका स्टार स्ट्राइकर लियाेनल मेसीले  कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्वयोजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीलाई भ्रष्टाचारी भएको आरोप लगाएपछि उनलाई एक खेलमा प्रतिबन्ध लगाइएकाे छ ।  

पछिल्लो समय ब्राजिलमा आयोजना भएको कोपा अमेरिकामा विवादित बनेका अर्जेन्टिनाका कप्तान मेस्सीलाई कोपा अमेरिकाको एक खेलमा प्रतिबन्ध लागेको हाे ।  स्पेनिस क्लब बार्सिलोना कप्तान तथा स्टार मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले एक खेलको प्रतिबन्ध लगाएको हो । यससँगै मेस्सीलाई १५ सय डलर जरिबाना समेत लगाइएको छ ।