श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ९ गते बिहीबार, २५ जुलाई २०१९ । श्रावण कृष्णपक्षको अष्टमी तिथि १४ः५७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्विनी १४ः३४ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः२५ र सूर्यास्त ६ः५४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन र अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ  ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध भएका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माया–प्रेमसम्बन्ध विस्तार होला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।