श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने.सं. ११३९ श्रावण १० गते शुक्रबार, २६ जुलाई २०१९ । श्रावण कृष्णपक्षको नवमी तिथि १५ः२८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र भरणी १५ः४६, उप्रान्त कृतिका । चन्द्रमाराशि मेष, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेको कामकाज सुचारु होला । मित्र मिलनको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्रा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन, चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला । अशुभ समाचारले मन दुःखी रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणीय र सुखद् यात्राको योग छ । बिछोडिएका साथीभाइसित रमाइलो भेट एवम् खानपिन होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद होला । जोश, जा“गर र हिम्मत बढ्नेछ । शुभसमाचार सुन्न पाइएला ।