श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १२ गते आइतबार, २८ जुलाई २०१९ । श्रावण कृष्णपक्षको एकादशी तिथि १४ः५९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रोहिणी १६ः४१, उप्रान्त मृगशिरा । चन्द्रमाराशि वृष, सूर्योदय ५ः२५ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । यात्रा लाभदायी देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । बन्न लागेको काममा बाधा अड्चन आइपर्ला । विश्वासपात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम्खालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बन्धुबान्धवको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तम खालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलोमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा सहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।