श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १३ गते सोमबार, २९ जुलाई २०१९ । श्रावण कृष्णपक्षको द्वादशी तिथि १४ः११ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मृगशिरा १६ः२६, उप्रान्त आद्र्रा । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२६ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमणीय र सुखद् यात्राको योग छ । लगनशीलताले कामकाजहरू अगाडि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेको कामकाज सुचारु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपार्इंको उच्च स्थान रहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थान भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो दूरीको लाभदायी यात्रा हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य क्षेत्रमा प्रगति हुनेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । न्यायिक कार्यमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र बुद्धिको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।