श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १६ गते बिहीबार, १ अगष्ट २०१९ । श्रावण कृष्णपक्षको औंसी तिथि ८ः५२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र तिष्य १३ः२९, उप्रान्त अश्लेषा । चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा खासै मन नजाला । कार्य सम्पादनमा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो दूरीको लाभदायी यात्रा हुनेछ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक ठाउ“मा ठूलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नया“ सदस्याको आगमन होला । रमाइलो वातारणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । यात्रा फलदायी देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । धार्मिक तथा सामाजिक काममा मन जानेछ । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।