श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १९ गते आइतबार, ४ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको चतुर्थी तिथि २३ः१७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वफाल्गुनी ०८ः४०, उप्रान्त उत्तराफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः२९ र सूर्यास्त ६ः४९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । काममा विघ्न–बाधा आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रा गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक झन्झटमा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएका कामकाज सुचारु हुनेछन् । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया प्रेमको सम्बन्ध विस्तार होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमणीय र सुखद् यात्राको योग छ । साथीको विशेष सहयोग पाइएला । महत्वपूर्ण वस्तु उपहार मिल्ला ।