श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २० गते सोमबार, ५ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको पञ्चमी तिथि २०ः५६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तराफाल्गुनी ०७ः०३, उप्रान्त हस्ता । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः२९ र सूर्यास्त ६ः४८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरपरिवारमा धार्मिक कार्यक्रम होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा रुचि बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । यात्रा फलदायी होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्न लागेको काममा बिघ्न बाधाहरू आइपर्न सक्छन् । विश्वासपात्रबाट धोका होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । काम गर्ने जाँगर र हिम्मत बढ्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आलश्यता बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभसमाचार सुन्न पाइएला । मनमा हर्ष र उम· छाउला । लाभदायी यात्राको अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पारिवारिक जीवनामा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न रहला ।