श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २१ गते मङ्गलबार, ६ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको षष्ठी तिथि १८ः०० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्तँ ०५ः३२, उप्रान्त चित्रा । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३० र सूर्यास्त ६ः४८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले कामकाज अगाडि बढ्नेछ । मनमा हर्ष र उम· छाउला । धन आर्जनका नया“ स्रोत फेला पर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सकिएला । रोकिएका कामकाज सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनाले मन प्रसन्न होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कार्य–व्यवसायमा सफलता मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हुनेछ । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । दिन उत्तम छ ।