श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २६ गते आइतबार, ११ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको एकादशी तिथि १२ः०९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मूल २३ः१५, उप्रान्त पूर्वषाढा । चन्द्रमाराशि धनु, सूर्योदय ५ः३२ र सूर्यास्त ६ः४४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनमा द्विविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेको काम सुचारु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा हर्ष, उम· र उत्साह छाउला । साथीभाइ तथा आफन्तहरूसित रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । राजनैतिक क्षेत्रमा तपार्इंंको उच्च स्थान रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन बित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । पारिवारिक सद्भाव प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला । मित्र मिलनको योग छ ।