श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २७ गते सोमबार, १२ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको द्वादशी तिथि १३ः०१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वाषाढा २३ः१५, उप्रान्त उत्तराषाढा । चन्द्रमाराशि धनु, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सयम उत्तमखालको छ । आकस्मिक धनलाभ हुने योग छ । न्यायिक कार्यमा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । अधिक धन खर्च होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । आय आर्जनका नया“ स्रोत फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया –प्रेमको सम्बन्ध विस्तार होला । रमणीय स्थानको भ्रमण हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेको कामकाज सुचारु होलान् । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कार्य सम्पादनमा सहजता प्राप्त हुनेछ । मित्र मिलनको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशु–चौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोमा दिन बित्ला ।