श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ८ गते आइतबार, २५ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको दशमी तिथि २३ः२२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा २३ः००, उप्रान्त आद्र्रा । चन्द्रमाराशि वृष, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मातृपक्षको विशेष सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । शुभसमाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक काममा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जामिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।