श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ११ गते बुधबार, २८ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको त्रयोदशी तिथि २०ः५७ बजेसम्म, उप्रान्त चर्तुदशी, नक्षत्र तिष्य २१ः३५, उप्रान्त अश्लेषा । चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यमा संलग्न भइएला । बिछोडिएका साथीसित भेटहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मातृपक्षको विशेष सहयोग मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु होलान् । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीसित रमाइलो भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । दिनको उत्तरार्धतिर शुभसमाचर सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यमखालको छ ।शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।