श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १३ गते शुक्रबार, ३० अगष्ट २०१९ । भाद्र कृष्णपक्षको औंसी तिथि १६ः२१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मघा १८ः३१, उप्रान्त पूर्वफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । घरपरिवारमा धार्मिक कार्य आयोजना होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लाभदायी यात्रामा सरिक भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । सानो कामबाट ठूलै उपलब्धि हासिल हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । आर्थिक सङकटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका नाहोला भन्न सकिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।