धरान / धरान – ५ र १७ मा फौजी किराको प्रकोपले कृषकहरुले लगाएको मकै, धान र तरकारी बाली सखाप बनाए पछि कृषक मारमा परेका छन् । मकैको डाक्ला मात्र रहने, धानको वाला नै चुडाइदिने समस्याले ८० प्रतिशत भन्दखा बढि नष्ट भएको पीडित कृषकहरुले गुनासो गरेका छन् ।
वडा नं ५ का कृषक शुक्रबहादुर सम्बाहाम्फेले लगाएको ५ कठ्ठा खेतको पाकेको धान सखाप भएको बताए । १२ मुरीसम्म धान भित्राउदैं आएका शुक्रबहादुरको यो बर्ष ६ मुरी पनि नहुने गुनासो गरे । ‘खेती किसानी नै छाड्नु पर्ने अवस्था आएको छ । बर्ष भरी खाने धानको बाला छैनन् । कसरी जिविका गर्ने ।’–शुक्रबहादुरले भने ।
उनी मात्र होइन स्थानीय अर्जुन राई, सुकराम लिम्बु, डम्बर कार्की, पुष्प कार्की, चन्द्रमाया कार्की, प्रसाद जिमीलगायतकोे पाकेको धान ५० प्रतिशत भन्दा बढि नष्ट गरेको छ ।