दाङ / दाङबाट २१ जना बिप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लबका दाई वीरजंग चन्दसहित रहेका छन् । उनी बिप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्जपनि हुन । केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका- ४ को मुग्रेटाखोला निजकबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजे नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबै केन्द्रीय स्तरका नेताहरु हुन ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीका अनुसार बैठक भईरहेको भन्ने जानकारी पाए पछि प्रहरी परिचालन गरि नियन्त्रणमा लिइएको हो ।