धरान / धरान उपमहानगरपालिकाका उपनिर्वाचनको तयारी सबै दलहरुले थालेका छन् । आफ्ना उम्मेद्वारहरु लिएर पार्र्टीहरु जनताको घर दैलोमा पुगेका छन् ।
निर्वाचन आउन अव २४ दिन बाँकी रहदा यहाँका दलहरु आ–आफ्ना उम्मेद्वारलाई भोट माग्न व्यस्थ भएका छन् ।
सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ मेयरको उम्मेद्वारमा प्रकाश राईलाई बनाउने निर्णय गरे पछि सोमबार निर्वाचन परिचालन कमिटी तथा उम्मेद्वार घोषणा गरि आजदेखि मैदानमा उत्रेको छ । धरानको विकट वडा ४ नं. को हर्दिया दानावारी, पत्राङवारी देविगाउँबाट चुनाव प्रचार शुरु गरेको छ । मेयरका प्रत्यासी प्रकाश राईसहितको जम्बो टोली तालिका बनाएर प्रचारमा निस्किएको छ ।
नेकपाका जिल्ला सचिव तथा प्रदेश सदस्य रमेश बस्नेतको संयोजकत्वमा परिचालन कमिटी बनाएर घरदैलो शुरु गरिएको हो ।
यता पटक पटक हार व्यहोदैं आएको नेपाली काङ्ग्रेसले एक महिना अघि नै नगरसभापति तिलक राईलाई उम्मेद्वार घोषणा गरि घर दैलो अभियान शुरु गरिसकेको छ । राई गत निर्वाचनमा स्व तारा सुब्बासँग ४ हजार ८ सय ७३ मत अन्तरले पराजित भएका थिए । काङग्रेसले तिहारको समयमा पनि घरदैलो कार्यक्रम जारी राखेको थियो ।
आइतबार धरान बजारमा कार्यकर्ताहरुको उपस्थितिमा नगर क्षेत्रमा मार्चपास ग¥यो । काङ्ग्रेसले क्षेत्रीय सभापति शुरेशमान श्रेष्ठको संयोजकत्वमा ३३ सय सादस्यीस निर्वाचन परिचालन कमिटी बनाएको छ । नेपाली काङ्ग्रेसले पनि मंगलबार ४ नं. वडा मै घर दैलो कार्यक्रम गरेको छ । कम्युनिस्टहरुले धरानलाई विकास गर्न नसकेकाले यस पटक जनताले काङ्ग्रेसको नेतृत्व चाहेको मेयरका प्रत्यासी तिलक राईको भनाई छ ।
धरानमा २०५१ सालको निर्वाचन यता वामबन्थी उम्मेद्वारले जित्दैं आएको छ । नेकपाका उम्मेद्वार प्रकाश राई र काङ्ग्रेसका तिलक राई विच प्रतिस्पर्धा हुने छ ।
मेयरमा अन्य पार्टीहरुले पनि उम्मेद्वारहरुको घोषणा गरि सकेको छ । संघीय समाजवादी पाटीले भूपू शैनिक गजेन्द्र इस्वोलाई मेयरको उम्मेद्वार घोषणा गरि सकेको छ । संघीय लिम्बुवान मञ्चले पार्टीका जिल्ला अध्यक्ष अमर इजमलाई बनाएको छ । यस्तै स्वतन्त्रबाट हर्क साम्पाङले चुनाव प्रचार प्रसार शुरु गरि सकेका छन् । साझा पार्टीले राजन श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।

इतिहास हेरौं
अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २०९७५ मत ल्याएर विजय भएका थिए । तिलक राईले १६१०२ मत ल्याएका थिए । साविक माओवादी केन्द्रले ११ हजार १ सय ८० माओवादी केन्द्रले ल्याएको थियो । संघीय समाजवादी पार्टीले उपमेयर मात्र उठाएको थियो । उपमेयरमा ५१८१ मत ल्याएको थियो । माअ‍ोवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता संख्या ७९ हजार २ सय ९० रहेको छ । यो बर्ष १३ हजार ५६३ थपिदा ९० हजार ८५३ मतदाता पुगेका छन् ।

कस्ले जित्ला यो पटक

करिव अढाई बर्षे मेयरको कार्यकालका लागि प्रकाश राई र तिलक राईको प्रतिस्पर्धा हुने छ । अघिल्लो निर्वाचनको आङ्कलन अनुसार नेकपाको उम्मेद्वारले भारी मतले जित्ने स्थानीयको विश्लेषण छ । साविक एमाले र माओवादी केन्द्रको एकता भएका कारण उनीहरुको मत ३२ हजार भन्दा माथि पुग्ने छ । नेकपाका विकासका एजेण्डा भएकाले ८÷१० हजारको मतान्तरले निर्वाचन जित्ने नेकपाले दावी गदैं आएको छ ।
नेपाली काङ्ग्रेसको केन्द्रमा नेतृत्व भएका बेला धरानमा भएका कार्यालयहरु एक पछि अर्को अन्यत्र सार्दा काङ्ग्रेसले कुनै प्रतिक्रिया नजनाएर धरानलाई पछि धकेलेकाले उपनिर्वाचनको माहौल नेकपाको पक्षमा बढेको नेकपाबाट मेयरका प्रत्यासी प्रकाश राईले बताए । ‘नेकपाकै पहलमा धरानमा एक अर्व भन्दा बढिको केन्द्रको बजेट ल्याएर काम धमाधम भइरहेको छ । धरानका विकट वडाहरुमा पुग्न सडक पिचका योजनाहरु संचालनमा आएका छन् ।’–हर्दियामा आज भएको चुनावी सभालाई सम्बोधनको क्रममा उम्मेद्वार राईले भने–‘विकास निर्माण आकस्मिक ज्वारभाटा नभएकाले नेकपा नेतृत्वले अढाई बर्षभित्र धरानलाई सम्वृद्ध बनाई सक्छ ।’
त्यसो त धरानलाई गुल्जार बनाउन छिमेकी स्थानीय तहहरुसँग जोड्न ६५ करोडमा ८ स्थानमा पुलहरु निर्माण भइरहेको छ । दुई स्थानमा प्रदेश सरकारले लगानी गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतको सेउती, पटनाली, ढुकुरे खोलामा पुल निर्माण भइसकेका छन् । सेउती सर्दु करिडोर निमार्ण, पानवारीमा औधोगिक ग्राम निर्माण, फोहोरबाट उर्जा उत्पादन धरानको सम्वृद्धिका सूचक भएको राईले बताए ।

२०७४ सालेको स्थानीय तह निर्वाचनको नतिजा

नेकपा(एमाले) स्व. तारा सुब्वा–                                                      २०९७५ मत
नेपाली काङ्ग्रेस(तिलक राई)–                                                       १६१०२ मत
माओवादी केन्द्र(आइनद्र विक्रम बेगा(माओवादी केन्द्र)–                     १११८० मत
संघीय समाजवादी(पारस काङमाङ उपमेयरमा)–                             ५१८१
कुल मतदाता संख्या–                                                                  ७९२९०
यो बर्ष थप–                                                                               १३५६३
कुल मतदाता संख्या–                                                                  ९०८५३