देउराली । पशुप्रतिको अव्यावहारिक मानवीय व्यावहार बढ्दै जादा विश्वमा पशु अधिकार तथा कल्याणका विषयमा चर्चा पनि बड्दो छ । प्रत्येक देशले वातावरण तथा पशु कल्याण र अधिकारकालाई मध्य नजर गर्दै कानुन तथा योजनाको निमार्ण गरी रहेको छन् । सोहि अनुरुप नेपालले पनि पशु कल्याणका लागि कानुन बनाएको छ । तर नेपालमा पशु कलयाणका लागी कानुन भए पनि त्यती प्रभावकारी कार्यान्यन भएको भने देखिदैन ।

पशु बली दिएर मानाइने गढीमाई मेला सुरु हुनै लाग्दाँ पशु माथी गरिने अमानवीय व्यावहारलाई मध्यनजर गर्दै पशु कल्याणका विषयमा जनचेतना जगाउन पत्रकारहरुको शक्रियता बढाउनका लागी नेपाल प्रेस इन्स्टिच्युटले नेपालमै पहिलाे पटक पत्रकार अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ ।

पशु कल्याण संघको सहकार्य,  ह्युमन सोसाइटी इन्टरनेसनलको साझेदारीमा नेपाल प्रेस इन्स्टिच्युटको आयोजनामा  कार्तिक ३०, मंसिर १ गते प्रदेश ३ को राजधानी हेटैडामा २ दिने पशु कल्याणसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको हाे । 

कार्याशालामा साप्रदायिक, सांस्कृतीक, धार्मिक मान्यतासंग जोडीएर र जनचेतनाका अभावका कारण पशु माथि हुनेगरेको अमानविय व्यावहारका कारण हुने पशुमाथिको क्रुरता र अत्याचार प्रति बनेका कानुन कार्यन्यन फितलो हुनु, पशु कल्याण सवैको चासो वन्न नसक्नु जस्ता कारणहरुले बड्दै गरेको पशुमाथिको अमानविय व्यावहार निरुत्साहन गर्न पत्रकारहरुले कसरी कलम चलाउने भन्ने बिषयमा छलफल गरिएकाे नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले जानकारी दिए । 

उप्रेतीसहित मन्टेश्वरी राजभण्डारी, ह्युमन सोसाइटी इन्टरनेसनलका नेपाल निर्देशक तनुजा बस्नेत, नेपाल पशुु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ, मिडिया एक्सपर्ट चुन गुरुङ, खोजपत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. नारायण श्रेष्ठलगायतले सातै प्रदेशका २५ बढि पत्रकारलाई पशु कल्याणमा अवस्था, पशु क्रुरताका कारक तत्वहरु, प्रयास तथा चुनैतीका साथै  सञ्चार माध्यमले अपनाउनु पर्ने भुमिका विषयमा अविमुखिकरण प्रदान गरेका थिए ।