धरान/ भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा वार्षिक पत्रिका भूपू जर्नल लोकापर्ण गरिएको छ ।

भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा धरानस्थित भारतीय पेन्सन पेइङ कार्यालयमा आइतबार कार्यालय प्रमुख मेजर अभिसेक सिंह, मेजर डा. राजभिन्दर सिंह, विङ कमाण्डर के गुरुङ, कर्णेल विजय राई, मेजर श्याम गुरुङ र अनरेरी क्याप्टेन मेघनाथ राईलगायतले जर्नलको लोकापर्ण गरे ।

मेजर अभिसेक सिंहले झण्डातोलन गर्दै शहीद प्रति सम्मान व्यक्त गरे । सवट्रेजरी अफिसर धनबहादुर क्षेत्री, पेन्सन पेइङ कार्यालयका कर्मचारी, भारतीय गोर्खा भूपू सैनिकहरू र उनीहरूका परिवार समेत सहभागी भएका थिए । समारोहमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पनि उपस्थिति रहेको थियो । सो क्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।