धरान / गायिका आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आज आदेश जारी गरेका हुन ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । उनी गल्ती भएको भन्दैं माफि मागे पनि प्रहरीले अनुन्धान गर्नु पर्ने भन्दैं म्याद थप गरेर थुनामा राखेको थियो ।

जिल्ला प्रशासनले ४ दिनको म्याद थप गरे पनि चौतर्फी विरोध भए पछि आफै छाडिएको हो । माफि माग्न प्रहरी परिसर पुगेकी राउतलाई प्रहरीले थुने पछि आइपर टेन्सनका कारण उनलाई गत राती नै ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो ।
गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सोही विषयलाई लिएर उनी विरुद्ध जाहेरी परेको थियो ।