काठमाडौं  / कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचार गराइरहेका एक साउदी अरवी नागरिक फरार भएका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न आएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जनाएका छन् ।
भाषाको समस्याले गर्दा पनि उनी भागको बताइएको छ । यसै विच बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पतालमा भर्ना गरिएको श्रेष्ठले जनाएका छन् ।
एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको हो ।