धरान/ फिल्म ‘चपली हाइट ३’ को अaष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ ।

बाबा कन्सल्टेन्सीले फिल्मको अधिकार २५ हजार अष्ट्रेलियन डलर अर्थात् १९ लाख १८ हजार नेपाली रुपैयाँमा सो अधिकार खरिद गरेको हो । सोमबार निर्माता अर्जुनकुमार र बाबा कन्सल्टेन्सीबीच खरिद सम्झौता भएको हो ।

निकेश खड्काले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल र अर्जुन कुमारको सङ्गीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायाङ्कन र दीर्घ खड्काको सम्पादन छ । फिल्म चैत २८ मा रिलिज हुँदैछ ।