ब्लाष्टखबर । धरान १० पुतलीलाइनमा रहेकाे डि माण्डु मःम का संञ्चालक हरि श्रेष्ठले ज्वाँईले पाउने सत्कार र सम्मानका साथ ज्वाँई खानाका सञ्चालनमा ल्याउने भएका छन्।

 करीब डेढ बर्षदेखि डि माण्डु मःम संञ्चालन गर्दै अाएका श्रेष्ठले यही फागुन १४ गतेदेखि नेपाली समाजमा ज्वाँईलाई गरीने सम्मान, सत्कारकाे सँस्कृति अनुरूप ज्वाँई खाना सञ्चालनमा ल्याउने भएका हुन्।

मदिरा रहित पारिवारीक वातावरणमा ज्वाँईलाई दिइने अतिथि, सत्कार र सम्मान जस्तै सम्मान र सत्कार दिइने ज्वाँई खानामा अविवाहितहरुले पनि ससुरालीको अनुभव गर्न सक्ने संञ्चालक  श्रेष्ठले बताएका छन् । उनले अातिथ्य सत्कारका लागी कर्मचारीहरुलाई पनि बिशेष तालिम दिइने  बताएका छन् । 

ज्वाँई खानाको मेनुमा मित ज्वाँई खाना, भाञ्जी ज्वाँई खाना, बहिनी ज्वाँई खाना, छोरी ज्वाँई खाना, ज्वाँई राजा खाना गरी ५ वटा खानाको सेट रहेको छ । यस्तै, खाजामा ज्वाँई साहेब खाजा सेट पनि पाइने श्रेष्ठले बताए । ज्वाई खानामा पलेटी, लाउञ्ज र डाइनिङ गरी ३ वटा सेक्सन छ । पलेटीमा भुँईमा पलेटी बसेर खाना खाने सुविधा छ भने लाउञ्जमा सोफामा र डाइनिङमा बासको कुर्सीमा बसेर खान मिल्नेछ ।