भद्रपुर । भद्रपुर मारवाडी सङ्घको अध्यक्ष पदमा अजय साहेवाला निर्विरोध चयन भएका छन् ।
भद्रपुरस्थित सिटी गार्डेन होटेलमा सङ्घले बिहीबार आयोजना गरेको होली मिलन मारोह तथा साधारणसभाबाट साहेवालालाई अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । सङ्घको उपाध्यक्षमा विनय गोयल, सचिवमा महावीर मित्रुका, सहसचिवमा गोपाल साहेवाला र कोषाध्यक्षमा दिलीप वंशल निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा पुष्कर अग्रवाल, भास्कर शर्मा, दीपक अग्रवाल, दिवाकर शर्मा, कुसुम शर्मा, हर्षा साहेवाला, अर्चना मित्तल र मोहित शर्मा चयन भएका छन् ।

त्यसै गरी सङ्घको प्रेस सल्लाहकारमा पङ्जकुमार शर्मा चयन भएका छन् । सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, सत्यनारायण तायल, पशुराम अग्रवाल, जेपी शर्मा, नन्द किशोर सरावगी, शङ्कर गोयल, गोविन्द लोहारीवाला र राजकुमार सिंघल चयन भएका छन् । अध्यक्ष महेश मित्तलको अध्यक्षता तथा प्रदेश साँसद् ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा समिति चयन गरिएको थियो ।