लक्ष्मीमार्ग/ आदिम युगमा गुफाका भित्ताहरूमा कोरिने चित्रकलाको विकसित रूपमा लिइने लोककला कार्यशाला बेलबारीको लक्ष्मीमार्गमा क्यानभासमा कोरिँदै छ ।

पूर्वी नेपालका विभिन्न जिल्लाबाट सहभागी २० चित्रकारहरू क्यानभासमा लोककला उतारिरहेका छन् । बुधबारदेखि शुरु भएको उक्त लोककला कार्यशाला शुक्रबार सम्म सञ्चालन हुनेछ । सखी फाइन आर्ट ग्यालरी बेलबारीको आयोजनामा भएको प्रदेशस्तरीय लोककला कार्यशाला तथा प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोक कला विभागले सहकार्य गरेको छ भने बेलबारी नगरपालिका कार्यालयले सहयोग गरेको छ ।

गुफाकला हुँदै लोकजीवनमा आधारित धार्मिक तथा सांस्कृतिक चित्रहरूको विकासक्रममै लोककलाको अस्तित्व अगाडि बढेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा बताउँछन् । बान्तवाका अनुसार लोकजीवनका सुख–दुःखका अनुभूति, आस्था, विश्वास, श्रद्धा, मनोरञ्जन, ज्ञान र स्मृतिको रचनात्मक भावलाई प्रतीकहरूका रूपमा सरल र सहज ढङ्गले सिर्जना गरिएको कला नै वास्तवमा लोककला रहेको र त्यसैलाई क्यानभासमा उतार्न यस प्रकारको कार्यशालाको महŒव रहेको उनले बताए । मिथिला, भोजपुरी, अवधी, किरात, थारु, धिमाल आदिका लोककला र स्थानीय स्तरका लोककला यस कार्यशालामा कोरिने आयोजक समितिका अध्यक्ष गणेश लामा बताउँछन् ।

pic picc