काठमाडौं । चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का नेपालमा पनि परेको छ ।
नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको केन्द्रले जनाएको छ । क्षेतिबारे विवरण आउन वाँकी छ ।