धरान / भारतको केरालोको एक अस्पतालले होम क्वारेन्टाइनमा बस्न रेफर गरेका व्यक्ति सुनसरीको महेन्द्रनगर आइपुगेका छन् ।
रोजगारीका लागि भारतको केरेला बस्दैं आएका ३१ बर्षीय ती युवक नेपाल आएर स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका थिए । उनको रेफर पेपरमा होम क्वारेन्टाइनमा बसन सल्लाहा दिएको पाइए पछि एम्बुलेन्समा राखेर हिजो रातीनै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानपठाइएको स्थानीय माधब तिम्सिनाले जानकारी दिए ।
उनी केरेलाबाट सार्वजनिक बस चढेर घरसम्म आएका हुन । ‘अस्पतलाले क्वारेन्टाइनमा बस्न सल्लाहा दिए पछि भागेर नेपाल आएका रहेछन् ।’–तिम्सिनाले भने ।
राती १२ प्रतिष्ठानको सम्पर्कमा आएको र उनलाई आइसोलेसन वर्डामा राखिएको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।