धरान । ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यु गरेकी नायिका अमिषा पटेलले कोरोनाभाइरसका कारण भएको लकडाउनलाई पुस्तक पढेर ब्यतित गरिरहेकी छन् ।

उनले सामाजिक सञ्जाल इस्टाग्राममा पुस्तक पढेको तस्बिरहरू सार्वजनिक गरेकी छन् । उनले पोष्ट गरेको तस्बिरमा थुप्रै पुस्तकहरू रहेको देख्न सकिन्छ भने एउटा पुस्तकमा ध्यान लगाइरहेकी छन् । अहिले बलिउडका हस्तीहरू कुनै न कुनै गतिविधि गरेर आफ्नो समय व्यतित गरिरहेको पाइन्छ । शनिबार मात्रै राष्ट्रिय क्रिकेटर विराट कोहली र अनुष्का शर्माले पनि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए ।

जसमा अनुष्काले हजामको काम गरिरहेकी थिइन् । उनले विराटको कपाललाई कैचीले मिलाउँदै गरेको अवस्थाको भिडियो सार्वजनिक गरेका थिए । त्यस्तै कामुक बलिउड नायिका तथा मोडल सर्लिन चोपडाले पनि १६ घण्टा अघि मात्रै पुस्तक पढ्दै गरेको भिडियो सार्वजनिक गरेकी छन् । लक डाउन लेखिएको उक्त भिडियोमा उनी निकै सुन्दर देखिएकी छन् । मधुरो पिङ्क कलरको गाउनमा देखिएकी उनले कुन पुस्तक पढिरहेकी हुन् भन्ने चाहिँ देखिदैन ।

sherlyn_chopara_hot_photo copy