पथरी /  राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटिले ५ सय केजी चामल विपन्न तथा ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत दिन गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
बुधबार युवाहरुले गाउँपालिकामा चामलको बोरा लगेर पालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामलाई हस्तान्तरण गरेका हुन । राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेल, सदस्य गोविन्द्र अधिकारी, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटि संयोजक कुमार फुयल, सहसंयोजरचनमान गुरुङ, युवा नेता एविन्द्र पाठक र गणेश सुबेदी लगाएतले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा पाटी गाउँ कमिटि अध्यक्ष भोला अधिकारी, कार्यालय सदस्य दानवहादुर बस्नेत र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएत उपस्थीत रहेका थिए ।
राहत वितरण गर्दा एकद्वार प्रणाली अन्तर्गत राहत वितरण गर्नुपर्ने भएकोले विभिन्न व्यक्तिहरुबाट आएको आर्थिक सहयोगले सो बराबरको चामल किनेर पालिकालाई हस्तान्तरण गरेको संयोजक कुमार फुयलले बताए ।