धरान  / इटहरी उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण गरेको छ । इटहरीका २० वटै वडाहरुमा गरि १९ हजार ५ सय ५९ जना विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन । त्यसमा सय जना विद्यार्थीहरुलाई थप राहत वितरण गरिएको छ । केही वडाहरुमा छुटेका र अत्यन्तै समस्यामा परेकाहरुका लागि थप केहि राहत वितरण हुदाँ २० हजार वढिलाई राहत पुग्ने उनले बताइन । सवै वडाहरुमा गरि एक करोड ३६ लाख ९१ ह्जार भन्दा वढिको राहत वितरण गरिएको छ ।
वडाकार्यालयले लगत संकलन गरि वडा कार्यालय मार्फत नै राहत वितरण गरिएको हो । इटहरी उपमहानगरले ८० लाख जम्मा गरेर स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम र फुड वैंकमा खाद्यन्न जुटने क्रम जारी छ । २०७६ चैत्र २७ गते सम्म इटहरी उपमहानगरले वितरण गरेको राहतको वडागत विवरण, प्रकोप ब्यवस्थापन कोषमा संकलित रकम, सहयोगका लागि गरिएको घोषणा,खाद्यान्नलगायत जिन्सि सहयोग र जनता क्याम्पस इटहरीमा क्यारेण्टाइन निर्माणमा जुटेको सहयोगको विवरण उपमहानगरले सार्वजनिक गरेको छ ।

92562439_1232879903770566_2385959323403550720_o