धरान /  कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि तिव्र रुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको रुपमा लिएको छ ।
चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका भएता पनि मृत्यु हुनेको संख्या उच्च बन्दैं गएको छ ।
पछिल्लो १२ घण्टामा विश्वमा ११ हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको छ । हिजो साँझ मृत्यु हुनेको संख्या ८४ हजार थियो आज विहानसम्म बढेर ९५ हजार ७२२ पुगेको छ । संक्रमितको संख्या १५ लाख १७ हजारबाट बढेर १६ लाख ३ हजार पुगेको छ । १२ घण्टाकाे अवधी झण्डै एक लाख संक्रमित भएका छन् । संक्रमण निको हुने दर भने वृद्धि न्युन्न छ । हिजो बेलुका ३ लाख ३० हजार निको भएका थिए । आज विहानसम्मको रिर्पोटमा ३ लाख ५६ हजार मात्र निको भएको तथ्याङ्क छ ।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीबाट धेरै प्रभावित भएका छन्। अमेरिकामा दुई हजार मृत्युसंख्या थपिएको छ । हिजो १४ हजार ७८७ थियो भने आज १६ जहार ६९१ पुगेको छ । स्पेनमा १५ हजार इटालीमा १८ हजार र फ्रान्समा १२ हजार बढि मृत्यु संख्या पुगेको छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको भन्ने जानकारीका लागि यहाँ हेर्नुहोस