काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परि कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाललाई अदालतले छाडे लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।
उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।
अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनलाई छाड्ने वितिकै अदालत परिसरबाट प्रहरीले पुन पक्राउ गरेको थियो ।