ब्लाष्टखबर । लकडाउनकाे समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मै अध्ययनका लागि सिकाई सामग्री उपलब्ध गराएको छ । डेढ महिना भन्दा लामाे लकडाउनका कारण विद्यालय गएर अध्यान गर्न नसकिरहेकाे बेलामा विद्यार्थीहरूका लागि अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।
विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएकाे सिकाई चौतारीमा तीन तहका कथाका साथै अभ्यास पुस्तिका समेत रहेकाे छ ।
http://learning.cehrd.gov.np/मा लगइन गरिसकेपछि अंग्रजी र नेपाली दुबै माध्यमबाट अध्यायन गर्न सकिने सिकाई चौतारीमा विद्यार्थीहरूले कक्षा छनाैट गर्नुपर्ने हुन्छ । सिकाई चौतारी विभिन्न कक्षाका विद्यार्थीहरूले कक्षा गत विषयहरू फेला पार्ने छन् । विद्यार्थीहरूले उपलव्ध बिषयहरू मध्याेबाट आफूले राेजेकाे बिषय अध्यायन गर्न सक्ने छन् ।