उदयपुर । उदयपुरमा बाल यौन दुर्व्यवहार गरेको आरोपमा पुजारी पक्राउ परेका छन् ।
बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका–६ मोहनपुरस्थित शिव मन्दिरका पुजारी पक्राउ परेका हुन् ।
सिराहा सखुवाकट्टी गाउँपालिका–२ घर भई करिब ३ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएका ६६ वर्षीय रामविलास खत्बे मण्डलले यहि भदौ १२ गते ८ र १० वर्षीया बालिकालाई पैसा देखाएर प्रलोभनमा पारी मन्दिरको कोठामा यौन दुव्र्यवाहार गरेको पिडितले प्रहरीमा जानकारी गराएपछि तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।