भद्रपुर । झापा कारागार भद्रपुरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरेको थियो ।

जसमध्ये कारागारका सात कैदी बन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदी बन्दी र प्रहरी रहेको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

कारागारभित्र कोरोना फैलिएपछि स्वास्थ्यकर्मीको टोलीले जाँच कार्यलाई तीव्रता दिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । भेटघाट बन्द राखिएको कारागारभित्र कसरी कोरोना फैलियो भन्ने विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।

ङ्क्रमण पुष्टि भएका कैदी बन्दी र प्रहरीलाई मेची अस्पतालको कोभिड अस्पतालमा पठाइएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म ८३६ पुगेको छ ।

जसमध्ये ७५७ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट हाल सम्म जिल्लामा ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।