ब्लाष्टखबर। लागुऔषध ब्राउनसुगर सहित विराटनगरबाट १ जना पक्राउ परेका छन् । विराटनगर-१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेकाे माेरङ प्रहरीले जनाएकाे छ ।
साेमार गाप्य सुचनाका अाधारमा आधरामा खटिएको प्रहरी टोलीले साईकलमा सवार मण्डललाई विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनि माथी चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको कार्यालयले जनाएको छ ।
मण्डल माथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।